नेपाललाई फिल्म पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

July 14, 2025 at 10:19 PM
1 min read

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई फिल्म पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमवार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाल, पहाड तथा तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैँमा एउटा प्राकृतिक फिल्म स्टुडियोका रुपमा रहेको भन्दै यसबाट फिल्म सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले फिल्मका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयहरूलाई सशक्त रुपमा अभिव्यक्त गरिने बताएका हुन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...