‘माग्ने राजा’ को कथा बोल्ने ‘सुतेर उठेको पैसामा’ (भिडियो)

July 21, 2025 at 10:59 AM

काठमाडौं– भदौ ६ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘माग्ने राजा’ को एउटा नयाँ गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक भएको छ । सोमवार पुल्चोकको लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित एक समारोहमा बाबुल गिरीको शब्द, संगीत तथा स्वरमा तयार भएको उक्त गीत सार्वजनिक भएको हो । गीतमा बाल गायक रोनिश खड्काको पनि स्वर सुन्न सकिन्छ । फिल्मका मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे, लेखक सामिप्यराज तिमिल्सिना आदि उपस्थित समारोहमा र्याप तथा रक संगीतमा आधारित मेलोडियस शैलीको उक्त गीत सार्वजनिक गरिएको हो । फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...