‘सुख–दुःख’ का लागि नीतालाई आशीर्वादसहितको अनुमति

July 25, 2025 at 04:45 AM

काठमाडौं– अभिनेत्रीबाट निर्देशक बन्न लागेकी नीता ढुंगानाका लागि आगामी फिल्म ‘सुख–दुःख’ का लागि मार्ग प्रसस्त भएको छ । दिवंगत निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीबाट उनले यो फिल्मको नाम पुनःप्रयोगका लागि लिखित अनुमति पाएकी छिन् । शुक्रवार बिहान आफ्नो फेसबुक पोष्टमार्फत अभिनेत्री ढुंगानाले यो अनुमति पाएकोमा गर्वित भएको बताएकी छिन् । ‘एक गहिरो सम्मानसँगै स्वर्गीय निर्देशक शिव रेग्मी सरको कालजयी फिल्म ‘सुख–दुःख’ को नाम पुनःप्रयोग गर्न पाउँदा गर्वित छु’ अभिनेत्री ढुंगानाले भनेकी छिन्– ‘स्वर्गीय निर्देशक शिव रेग्मी सरका श्रीमती ज्ञानु रेग्मीज्यूबाट अनुमति मात्र होइन, मेरो निर्देशन डेब्यूका लागि आशीर्वाद ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...