काठमाडौं– यही साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । गीतले विशेष गरी रोजगारीको सिलसिलामा विदेशिएका युवाहरूले भोग्नु परेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू तथा त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ । गीतमार्फत फिल्मको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ । ‘आमा’ बोलको गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...