काठमाडौं- लोकप्रिय कलाकार सुलेमान शंकर ‘इकु’ लाई पत्नीशोक परेको छ । इकुकी पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । मिर्गौला रोगबाट पीडित रहेकी सम्झनाको ४२ वर्षको उमेरमा निधन भएको हो। उनलाई अवस्था जटिल भएपछि साउन १० गते अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए । चार वर्षदेखि सम्झना मिर्गौला सम्बन्धि रोगको सामना गर्दै आइरहेकी थिइन् । छोरा अमेरिका रहेका कारण १० गते नै निधन भएकी सम्झनाको अन्त्येष्टि भने आज अर्थात शुक्रवार गरिएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...