‘पार्वती’ का नयाँ पोस्टरमा फरक देखिइन् नीता ढुंगाना

August 9, 2025 at 06:04 AM
1 min read

काठमाडौं- रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन् । अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणासहित दुई पोस्टर सार्वजनिक भएका हुन् । निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ । सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन् । यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ । दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...