‘३६ को आँकडा’ मा अभिनय गर्न काठमाडौं आइन् निरुता

August 18, 2025 at 04:00 AM

काठमाडौं– सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्नका लागि अभिनेत्री निरुता सिंह काठमाडौं आइपुगेकी छिन् । मुम्बईबाट आइतवार राति काठमाडौं आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू नयाँ फिल्मका लागि अत्यन्तै उत्साहित रहेको बताइन् । निरुताले भनिन्– ‘अब म कहीँ पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कहिँ पनि जान्नँ ।’ निरुताले आफू नेपाली फिल्मभन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । उनले बिचमा केही फिल्मबाट अफर आए पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...