काठमाडौं– व्यवसायिक रुपमा कीर्तिमान कायम गर्न सफल भएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही भदौ १२ गतेदेखि प्रदर्शनमा आउनभन्दा ठिक ९ दिनअघि यो फिल्मको तीन मिनेट ४४ सेकेण्ड लामो ट्रेलर मंगलवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । सेभेन सीज इन्टरनेशनलको प्रस्तुतिकरणमा निर्माण भएको यो फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा पन्त छाएकी छिन् । उनी ट्रेलरको प्रारम्भदेखि अन्त्यसम्म नै देखिएकी छिन्, जहाँ उनको हँसिलो मुहार, चञ्चले स्वभावदेखि गम्भिर तथा पीडित महिलाको झलक देख्न सकिन्छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...