‘माग्ने राजा’ मा लुकाइएका दुई महत्वपूर्ण पात्र !

August 22, 2025 at 12:05 PM

काठमाडौं– आज अर्थात भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ लाई पहिलो दिन नै दर्शकको राम्रो साथ मिलेको छ । फिल्मको पोष्टर, टीजर, ट्रेलर तथा गीत–संगीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढ्दै गएको थियो । आज फिल्म प्रदर्शन भएसँगै दर्शक पनि फिल्मका लागि सिनेमा हल–हलमा पुगेका छन् । यसैबीच, फिल्म भित्रका दुई महत्वपूर्ण पात्र अर्थात दुई कलाकारलाई लुकाइएको फिल्म प्रदर्शनमा आएपछि खुलेको छ । फिल्ममा अभिनेता आर्यन सिग्देल तथा गायिका कोमल ओलीको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा कोमल ओलीको अति नै छोटो तर महत्वपूर्ण भूमिका रहेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...