कात्तिक २८ मा प्रदर्शन हुने भयो सुरक्षाको ‘धागो’, नेपाल–भारतमा एकै दिन

August 29, 2025 at 07:15 AM

काठमाडौं– अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते (नोभेम्बर १४) नेपाल तथा भारतका सिनेमा हलमा एकसाथ रिलिज हुने भएको छ । शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सिमाना तथा नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ । यो फिल्मलाई उदिप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा जन्मे–हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल तथा ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ । यद्यपि फिचर फिल्मको रूपमा भने ‘धागो’ उनको पहिलो हो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...