सोमवारदेखि सिनेमा हलमा ‘कोशेढुङ्गा’ को निरन्तरता

September 14, 2025 at 09:53 AM

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण छ दिनदेखि बन्द भएका सिनेमाहरु सोमवारदेखि सुचारु हुने भएपछि भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कोशेढुङ्गा’ को प्रदर्शन सुचारु हुने भएको छ । फिल्मको निर्माण संस्था नरदेवी फिल्म्सले आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत ‘कोशेढुङ्गा’ को नियमित प्रदर्शन सोमवारदेखि सुचारु हुने जनाएको हो । नरदेवी फिल्म्सले जारी गरेको प्रेस विज्ञप्ती भनिएको छ– ‘देशमा आइपरेको विषम परिस्थितिको कारण मुलुकका हरेक क्षेत्र प्रभावित भएको छ । यो आन्दोलनमा सहिद भएका सबै सपुतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ ‘समयले दिएको शिक्षालाई आत्मसात गर्दै सामान्य जनजीवनमा फर्किनुको कुनै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...