अभिनेता विजय बरालको ‘आवाज’

September 18, 2025 at 07:57 AM

सहनेहरू जब बोल्छन् आवाज एकदम चर्को हुन्छ । जब थुन्न खोजिन्छ आवाज तब मुठ्ठी बुलन्द बन्छ । उसो त कथा पहिल्यै लेखिएको थियो लेख्ने तिनीहरू नै थिए जो भन्थे हामीलाई– यो त नाटक न हो । चोर औँला तेर्स्याएर नाटक र नौटंकीको अट्टाहास गरिरहे उनीहरू । तर यसपटक रंगमन्च– सडकमै उत्रियो । यो केवल क्रोध थिएन । थियो– धैर्यताको सीमा नाघ्दै गर्दाको पीडा । केवल उमेरको जोश थिएन थियो– वर्षौँको निन्द्रापछि खुलेको चेतना । हामी त सिर्फ कलाकार हौँ— देखाई रहन्छौँ ऐना । देखाई रहन्छौँ पर्दामा शासकको चरित्र । गुन्जाई रहन्छौँ आफ्नो गीत– चर्को, झन् चर्को । र प्रत्येक पटक बदलिरहन्छ शासक ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...