‘महादशा’ मा अनुवन्धित भए निरुता र उत्तम

September 19, 2025 at 09:07 AM

काठमाडौं– अभिनेता उत्तम प्रधान तथा निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले नेपाली फिल्म उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ । पछिल्ला केही वर्षमा नेपाली फिल्म उद्योगमा उतार–चढाव आइरहेका बेला केही ठूला नाम तथा अनुभव भएका कलाकारहरू भटाभट नयाँ नयाँ फिल्ममार्फत अभिनयमा पुनरागमन गर्दैछन् । यसैबीच, नयाँ नेपाली फिल्म ‘महादशा’ ले आफ्ना मुख्य कलाकारको रुपमा पुराना अभिनेता उत्तम प्रधान तथा अभिनेत्री निरुता सिंहलाई अनुवन्धित गरेको छ । किरण नेपालीको निर्देशनमा तयार हुने यो चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ । कलाकारको घोषणासँगै फिल्मले दर्शकमाझ थप उत्सुकता जगाएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...