काठमाडौं : दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको सिनेमा ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ। यो दृश्यले सिनेमाको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र सिनेमाको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। यो फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको सिनेमा हुने समेत अपेक्षा गर्न सकिन्छ। सिनेमामा नीर शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र आर्यादीप आचार्यको पनि अभिनय छ । व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको सिनेमा …
‘परान’को नंया पोस्टर : शंख फुक्दै निर शाह Read More »
The post ‘परान’को नंया पोस्टर : शंख फुक्दै निर शाह first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...