फूलपातिमा तीन नेपाली फिल्म: एड्भान्स टिकट बुकिङ खुल्ला

September 24, 2025 at 07:36 AM

काठमाडौं– बडादशैँको फूलपाति अर्थात यही असोज १३ गते सोमवारदेखि प्रदर्शनमा आउने तीन वटा नयाँ नेपाली फिल्मको काठमाडौं बाहिरका सिनेमा हलले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । चार दिनपछि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्महरु माईतीघर, हरिबहादुरको जुत्ता तथा बलिदानको बुकिङ खुल्ला गरिएको हो । दशैं मनाउन काठमाडौं उपत्यकाबाट दर्शक बाहिरी जिल्लाहरुमा जान थालेकाले काठमाडौं बाहिरका सिनेमा हलले पहिला टिकट बुकिङ खुलाएका हुन् । आज बुधवारदेखि यी तीन वटै फिल्मका प्रारम्भिक अग्रिम टिकट विक्री खुल्न थालेको हो । विर्तामोड, बनेपा, बुटवल, धनगढी लगायतका ठाउँका सिनेमा हलले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...