महँगो हवाई टिकट: चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली

September 29, 2025 at 05:57 AM

मनिषा बस्नेत– काठमाडौं– बडादशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च माग देखिएको छ । नेपालका प्रमुख एयरलाइन कम्पनीहरूले ईन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण चाप बढेको कारण देखाउँदै टिकटको मूल्य दर बढाउने गरेका छन् । घरेलु एयरलाइन्सहरूले दशैँको समयमा यात्रुहरूको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् । दशैँको अवसरमा काठमाडौं–धनगढी उडानको टिकट मूल्य ७,५०० रुपैयाँबाट बढेर १७ हजार रुपैयाँसम्म पुगेको छ । काठमाडौंबाट पोखरा उडानको टिकट १० देखि १५ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...