काठमाडौं– तिहारको मुख्य दिन अर्थात भाइटीकाको अवसर पारेर आज कात्तिक ६ गते बिहीवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सोल्टिनी’ तथा ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएका छन् । देशका विभिन्न शहरहरुमा हालै देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसार गरेको ‘सोल्टिनी’ का कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निर्वाह गरेका थिए । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको ‘सोल्टिनी’ लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । अन्तर–जातीय प्रेम कथामा आधारित यो फिल्मले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...