दयाहाङ र विजयको केमिस्ट्रीमा लोभिए दर्शक

October 25, 2025 at 09:43 AM

काठमाडौं– भाइटीकाको दिन अर्थात गत कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘वरिष्ठ बलराम’ ले पनि दर्शक लोभ्याउन सफल भएको छ । यो फिल्मलाई पहिलो तथा दोस्रो दिन झैँ आज शनिवार तेस्रो दिन पनि दर्शकले दिएको राम्रो साथ तथा प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । प्रदर्शनको पहिलो दिनमा नै ८० प्रतिशत अकुपेन्सी प्राप्त गर्न सफल भएपछि निर्माण पक्ष उत्साहित भएको थियो । यसअघिि प्रदर्शन भएका फिल्महरुमध्ये ‘जेरी अन टप’ बाहेक अन्य फिल्महरुले सोचे अनुसार व्यवसाय गर्न नसक्दा प्रदर्शनको मिति पर्खेर बसेका मेकरलाई एक प्रकारको द्विविधाले सताइरहेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...