परदेशमा छठ सम्झेर आँशु झार्ने नेपाली अभिनेता, भन्छन्– ‘मेरो लागि आमा जस्तै हो यो पर्व’

October 28, 2025 at 10:21 AM

काठमाडौं– अभिनेता प्रमोद अग्रहरीको छवि दर्शकमाझ बेग्लै छ । उनी हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने खुबी भएका अभिनेताको रुपमा समेत स्थापित छन् । त्यसैले त उनी अभिनय यात्राको छोटो समयमा नै आफूलाई स्थापित कलाबार बनाउन सफल भएका छन् । खलनायकको रुपमा समेत उत्तिकै सशक्त देखिने यी अभिनेता यतिबेला एउटा बंगलादेशी फिल्ममा अभिनय गर्ने क्रममा बंगलादेश पुगेका छन् । उनी त्यस्तो बेला आफ्नो घरमा भएनन्, जतिबेला उनको घर, टोल, समाजमा दीपावली तथा छठ पर्व धुमधामका साथ मनाइएको छ । त्यसैले यी अभिनेताले विदेशमा रहेर नेपाली चाडपर्व सम्झिँदै भावुक भएका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...