बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एउटा घरमा शुक्रवार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागीमा परि ज्यान गुमाउनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीय मानसिं बुढा तथा ३२ वर्षीया राधा बुढा छन् । आगोले पोलेर घाइते भएकी २८ वर्षीया करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको उल्लेख गरेको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...