खेलकुदका लागि नेपथ्य

November 3, 2025 at 06:06 AM

काठमाण्डौं –  नेपाली खेलजगत्‌सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले यो साता गृहनगरका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ । ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो । ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ । नेपथ्यले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई लोकरक सुनाएको थियो । झन्डै साढे तीन दशकको यात्रामा ब्यान्डले फरक पुस्ताका तन्नेरीहरूलाई सङ्गीतका माध्यमबाट मनोरन्जन प्रदान गर्नुका साथै सामाजिक दायित्व निर्वाह पनि गर्दै आएको छ । सशस्त्र द्वन्द्वकालमा सङ्गीतका माध्यमबाट समाजमा जागरण ल्याउन ‘सुन्दर शान्त नेपाल’, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...