अन्तराष्ट्रिय कलाकार महासंघ नेपालको प्रतिनिधित्व गर्न – सुनिल उडे युके

November 9, 2025 at 05:02 AM

काठमाडौं – कलाकार सुनिल कटुवाल युके उडेका छन् । नेपाल चलचित्र कलाकार संघ (एफएएएन)को प्रतिनिधित्व गर्दै युकेमा आयोजना अन्तराष्ट्रिय कलाकार महासंघ (इन्टरनेशनल फेडोरेसन अफ एक्टर्स (एफआईए)को चुनाबी सभामा प्रतिनिधित्व गर्न उनी आइतबार बिहान युके उडेका हुन् । कार्यक्रम नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा आयोजना गरिएको छ । कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल एफआइएमा नेपाल कलाकार संघको एक्लो प्रतिनिधि हुन् । एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनावी महाधिवेशन समेत हरेको कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरु सहभागी हुनेछन्, जसमा युरोप, अमेरिका र भारतलगायतका देशहरु छन्। सम्मेलनको मुख्य कार्यक्रम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...