ऊनको स्वीटरुको भारत रिलिज – सिक्किम, दार्जिलिङ देखि दिल्लीसम्म प्रदर्शनमा आउने

November 14, 2025 at 06:12 AM

काठमाडौं – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको फिल्म ऊनको स्वीटरु अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि फिल्म दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका फिल्म हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए। हालै मात्र भारतको फिल्म प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएकोु ऊनको स्वीटरु भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...