चितवनका स्कुल–कलेजदेखि मेला–महोत्सवमा ‘हर्ष’ को प्रचार

November 16, 2025 at 10:47 AM

काठमाडौं– यही मंसिर १२ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हर्ष’ को निर्माण टिम प्रचार–प्रसारका लागि चितवन पुगेको छ । चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो । त्यसैले पनि उनी चितवनमा सञ्चालित विभिन्न स्कुल, कलेजदेखि मेला–महोत्सवसम्म पुगेर आफ्नो फिल्मको व्यापक प्रचार–प्रसार गर्दैछिन् । यो फिल्मको टिमले आइतवार बिहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । त्यसलगत्तै ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई फिल्मका बारेमा जानकारी दिएको थियो । आइतवार नै फिल्मको टिम खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गर्ने कार्यक्रम छ । निर्देशक एकता पौडेल, कलाकारहरु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...