काठमाडौं– नेपाली फिल्मका निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा फिल्मकर्मी उदय सुब्बा निर्वाचित भएका छन् । सोमवार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी निर्माता सुनिलकुमार थापालाई २७ मतले पराजित गर्दै नेतृत्व तहमा पुग्न सफल भएका हुन् । दिउँसो भएको मतदानमा कुल २८० मत खसेको थियो । जसमध्ये सुब्बाले १५३ मत प्राप्त गरे भने थापाले १२६ मत प्राप्त गरे । संघको महासचिवमा कलाकार तथा निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी किरण नेपाललाई २७ मतले पराजित गरे । लामिछानेले १५२ मत ल्याए भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...