काठमाडौं– अभिनेता गौरव पहारी वैवाहिक जीवनमा बाँधिएका छन् । मुलपानीको नर्लिङ रिसोर्टमा अभिनेता पहारीले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो । श्रेणी पेशाले जुम्बा प्रशिक्षक हुन् । ‘‘मञ्जरी’ बाट अभिनेताको रुपमा डेब्यु गरेका गौरवले त्यसयता ‘होस्टेल, उत्सव, गाजलु, साइँली, रातो घर, छक्का पञ्जा २ सहितका फिल्ममा अभिनय गरेका छन् । उनी ‘साइँली’ फिल्मका निर्माता पनि हुन् । गत असोज ३ गते नै इन्गेजमेन्ट गरेको यो जोडीको विवाहमा दुवै परिवार, आफन्त र केहि फिल्मकर्मीको उपस्थिति रहेको थियो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...