माघ ९ गतेदेखि ‘बिगुल’: पूर्वी नेपालबाट पश्चिम लाग्दै फिल्मको टीम

January 11, 2026 at 10:48 AM

काठमाडौं– प्रदर्शनको मिति नजिकिँदै जाँदा नयाँ नेपाली फिल्म ‘बिगुल’ को प्रचार–प्रसारले निकै तीव्रता पाएको छ । रमेश कोइराला निर्देशित फिल्म यही माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । देशको वर्तमान राजनीति अवस्थासँग मिल्दोजुल्दो विषयवस्तुमा आधारित फिल्म ‘बिगुल’ को फर्स्टलूक पोस्टर, टीजर तथा ट्रेलरले दर्शकको ध्यान आकर्षित गरिहेको बेलामा निर्माण टिमले पूर्वी नेपाल दर्शक साक्षात्कार कार्यक्रम समापन गरेको छ । निर्देशक कोइरालाका साथमा फिल्मका कथाकार तथा निर्माता दिनेश कोइरालाले पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडहुँदै हेटौँडा तथा चितवनका दर्शकहरु माझ प्रत्यक्ष रुपमा ‘बिगुल’ प्रदर्शन हुन लागेको सन्देश पुर्याएका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...