‘श्री बुकुरो: द होम कलिङ’ को प्रदर्शन मिति घोषणा

January 19, 2026 at 01:14 PM
1 min read

काठमाडौं- सुदीप भुपाल सिंह निर्देशित नयाँ नेपाली ‘श्री बुकुरो: द होम कलिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । फिल्ममा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश फिल्मको सोमवार सार्वजनिक स्केच पेन्टिङ पोस्टर आकर्षक देखिन्छ । यसले फिल्मप्रति दर्शकको ध्यान खिच्न सफल हुने विश्वास छ । विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क फिल्म ‘श्री बुकुरो’ का यसअघि सार्वजनिक टीजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् । यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...