चोभारमा पूजाको आइटम डान्स खिच्दै सकियो ‘कल्ली’को छायांकन

January 23, 2026 at 09:11 AM
1 min read

काठमाडौं- फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । यो फिल्मको छायांकन जुम्लामा गरिएको हो । पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा सुरेन्द्र रानाको शब्द छ । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...