वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन

January 27, 2026 at 09:25 AM
1 min read

काठमाडौं- पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरु आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो प्रदर्शन सम्पन्न भएको छ । मन्डला नाटकघरमा आयोजित उक्त प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले वृत्तचित्र र आन्दोलनका सन्दर्भमा आफ्ना धारणा राखेका थिए। करिब एक घन्टा लामो वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वसँगै त्यसप्रति आदिवासी समुदायको गहिरो अपनत्वलाई उजागर गरेको छ। साथै, केबलकार निर्माणप्रति राज्यको रवैयाविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष र दृष्टिकोणलाई दस्तावेजीकरण गरिएको छ। वृत्तचित्रले केबलकार परियोजनाले जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पार्न सक्ने प्रभावमाथि पनि प्रश्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...