काठमाडौं– निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ । प्रदर्शनको पूर्व सन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन् । ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको छ । दर्शकहरूले Dolby Atmos, DTS:X तथा AuroMax जस्ता उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले फिल्मको साउन्ड डिजाइन गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक राउतका अनुसार फिल्मको साउण्ड मिक्सिङ तथा मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...