नीता फिल्म्स र जी फाइभबीच सहकार्य, नेपाली फिल्मका लागि महत्वपूर्ण उपलब्धि

February 6, 2026 at 04:31 AM

काठमाडौं– अभिनेता तथा फिल्म मेकर हरिहर अधिकारीले नेपाली फिल्म क्षेत्रले ऐतिहासिक उपलब्धि पाएको शैलीमा एउटा जानकारी शेयर गरेका छन् । बिहीवार मध्यराति फेसबुकका दुई तस्विरहरुसहितको आफ्नो पोस्टमा निर्माता अधिकारीले नेपाली फिल्म उद्योगमा एक ऐतिहासिक उपलब्धि हासिल भएको जानकारी गराएका हुन् । निर्माता अधिकारीका अनुसार नीता फिल्म्सले पहिलो पटक अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म जी फाइभसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै अबदेखि नीता फिल्म्सका फिल्महरु हिन्दी डबिङसहित जीफाइव तथा जी टिभीमार्फत विश्वभर प्रदर्शन हुनेछन् । नीता फिल्म्सको यो कदमलाई नेपाली फिल्म उद्योगका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...