काठमाडौं– नेपाली समाजमा हराउँदै गएको पारिवारिक एकता तथा सम्बन्धको आत्मीयतालाई पुनः स्मरण गराउने उद्देश्यसहित निर्माण गरिएको फिल्म ‘श्री बुकुरोः द होम कमिङ’ ले संयुक्त परिवारको महत्त्व उजागर गर्ने प्रयास गरेको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले यो फिल्मले परिवारभित्रको सम्बन्धलाई फेरि जोड्न सिकाउने विश्वास व्यक्त गरेकी छिन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेत्री गिरीले आधुनिक जीवनशैलीका कारण मानिसहरू भावनात्मक रूपमा एक्लिँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । उनका अनुसार अहिलेको समाजमा घरहरू ठूला भए पनि मनहरू साना र टुक्राटुक्रा हुँदै गएका छन् । ‘आज मानिसहरू अमिबाजस्तै भएका छन्— ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...