काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को टीजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलवार साँझ उक्त टीजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टीजरमा फिल्मकी शीर्ष अभिनेत्री रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टीजरमा देख्न सकिन्छ । टीजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ । ‘लालिमा’ का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो । फिल्ममा रोशनीसहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक तथा सुष्मा निरौलालगायतको अभिनय रहेको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...