काठमाडौं-छायाङ्कनमा निस्कन लागेको फिल्म ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ। समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मङ्गलवार ‘मुभिज् डिजीटेन्मेन्ट’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। गीतमा सङ्गीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन्। गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रस्तुत गरिएको छ। गीतमा आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ। ‘जिरो डिग्री’को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...