‘श्री बुकुरो’ को प्रदर्शन स्थगित

February 17, 2026 at 03:38 PM
1 min read

काठमाडौं- नेपाली मनोरञ्जनात्मक फिल्म ‘श्री बुकुरो’ को प्रदर्शन स्थगित गरिएको छ । फिल्मको वितरक कम्पनी नेशनल सिने ग्रुपले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन फागुन ६ गतेदेखि स्थगित गरिएको जानकारी दिएको हो । विज्ञप्तिअनुसार ‘श्री बुकुरो’ देश, समाज, परिवार, घर र मनलाई जोड्ने भावनात्मक कथामा आधारित फिल्म हो । निर्माण पक्षको निर्णयअनुसार पूर्व निर्धारित प्रदर्शन मिति परिवर्तन गरिएको जनाइएको छ । फिल्मको प्रदर्शन स्थगित हुँदा दर्शक, प्रदर्शक तथा सम्बन्धित सबै पक्षमा पर्न गएको असुविधाप्रति एनसीजीएनले क्षमायाचना व्यक्त गरेको छ । साथै, फिल्मलाई नयाँ वर्ष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...