‘रमिताको पिरती’ प्रदर्शनमा रोक्न माग, पुरुषविरोधी कथाको आरोपमा रिट दायर

February 20, 2026 at 12:12 PM

काठमाडौं– प्रदर्शनमा आएको दुई सातापछि नेपाली फिल्म ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनमा शुक्रवार रिट दायर गरिएको छ । गत माघ २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएको सुदिप्ता अधिकारीद्वारानिर्देशित यो फिल्मविरुद्ध रिट दायर गर्ने पक्षका अनुसार यो फिल्मले पुरुषप्रति घृणा फैलाउने, लैंगिक समानताको उल्लंघन गर्ने तथा सामाजिक सद्भावमा वाधा पुर्याउने कथानक प्रस्तुत गरेको छ । अधिवक्ता सृष्टि भट्ट तथा तारकेश्वर निवासी लक्ष्मी तामाङले यो फिल्मले ‘पुरुषविरोधी भावनालाई बढावा दिएको’ आरोप लगाउँदै, अन्तरिम निषेधाज्ञा जारी गर्न अदालतसँग माग गरेका छन् । उनीहरूले यो फिल्मले सामाजिक वितृष्णा तथा भ्रातृत्वमा अवरोध सिर्जना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...