‘कार्की साइँला’ को छायांकनका क्रममा प्राविधिक भट्टराईको निधन

March 6, 2026 at 01:57 PM
1 min read

चतरा (सुनसरी)- छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘कार्की साइँला’ का प्राविधिक (लाइटम्यान) शम्भु भट्टराईको अचानक निधन भएपछि फिल्मको टिम शोकमा डुबेको छ । फिल्मका अभिनेता जीतु नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनका अनुसार फिल्मको टिम छायांकनका लागि काठमाडौंबाट चतरा पुगेको थियो । सोही क्रममा लाइटम्यान शम्भु भट्टराई बिरामी भएको जानकारी प्राप्त भएको थियो । निर्देशक राजेन्द्रले बिहानै उनलाई अस्पताल लगिएको र चिकित्सकले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै काम नगर्न सल्लाह दिएको बताएका थिए । उनलाई आजै काठमाडौं फर्काउने तयारी भइरहेको थियो । अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...