‘एक मुठ्ठी बादल’ जेठ १ मा प्रदर्शनमा आउने

March 8, 2026 at 10:31 AM
1 min read

काठमाडौं- नेपाली फिचर फिल्म एक मुठी बादल: माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ ।निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो। फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ । तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने फिल्मले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...