कान्स फिल्म फेस्टिभलमा नेपाल औपचारिक रुपमै सहभागि हुने

March 10, 2026 at 06:46 AM

(सांकेतिक तस्विर) काठमाडौं– विश्वको प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो । यसपटक महोत्सवमा चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको विशेष ‘नेपाल पवेलियन’ (स्टल) पनि रहने छ । उक्त स्टलमार्फत नेपाली फिल्म, फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...