दर्शकसँगै टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’

March 17, 2026 at 05:59 AM
1 min read

काठमाडौं- षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ लाखको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाईमा परेको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामजिक सञ्जालमा बढिरहेको छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ती सञ्जालमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...