काठमाडौं– नेपाली फिल्मकी चर्चित अभिनेत्री प्रियंका कार्कीले हाल देशमा देखिएको ग्यास अभावको विषयमा सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्– ‘ग्यासको अहिले एकदम डिमाण्ड छ अरे नेपालमा, सजिलै पाइँदैन अरे । अब चाहियो भने सम्पर्क गर्नु होला ।’ साथै उनले #justkidding र #CurrentSituationInNepal जस्ता ह्यासट्याग प्रयोग गर्दै वर्तमान अवस्थाप्रति हल्का हास्य शैलीमा टिप्पणी गरेकी हुन्। हाल नेपालका विभिन्न क्षेत्रमा ग्यास आपूर्तिमा समस्या देखिएको गुनासो आइरहेका बेला अभिनेत्री कार्कीको यस्तो पोस्टले सामाजिक सञ्जालमा ध्यान आकर्षित गरेको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...