आँचलको जन्मदिन पारेर फिल्म ‘एक मुठी बादल’ को टिजर सार्वजनिक

March 20, 2026 at 05:08 AM
1 min read

काठमाडौं- नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ । टिजरमा नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरोमा घुमेको छ । टिजरमा फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...