नयाँ फिल्मको हल्लाबारे मुनलाइट मोसन पिक्चर्सको स्पष्टीकरण

April 1, 2026 at 03:34 PM

काठमाडौं– फिल्म निर्माण कम्पनी मुनलाइट मोसन पिक्चर्सले आफ्नो आगामी प्रोजेक्टलाई लिएर सञ्चार माध्यममा सार्वजनिक भएका समाचारहरू अपुष्ट तथा भ्रामक रहेको बताएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो कम्पनीले निर्माण गर्ने फिल्मको शीर्षक, निर्देशक तथा कलाकारहरूको विषयमा बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नरहेको तथा ती नितान्त अड्कलबाजीमा मात्र आधारित रहेको स्पष्ट पारेको हो । विज्ञप्तिमार्फत कम्पनीले नयाँ प्रोजेक्टका लागि कलाकारहरूको छनोट अर्थात अडिसन प्रक्रिया हालसम्म पनि जारी नै रहेको जानकारी दिएको छ । कुनै पनि कलाकार अथवा प्राविधिकहरूको आधिकारिक टुंगो नलागिसकेको अवस्थामा बजारमा चर्चा गरिएका नामहरू र प्रोजेक्टका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...