सरकारी सञ्चार माध्यमलाई मात्र विज्ञापन दिने निर्णयप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण

April 3, 2026 at 07:51 AM

काठमाडौं– सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको पछिल्लो निर्णयप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति संघको असहमति रहेको जनाएको हो । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उक्त निर्णयले लोकतान्त्रिक मूल्य मान्यतामा रहि नागरिकलाई सूचित गर्दै आएको निजी सञ्चार माध्यममाथि प्रत्यक्ष प्रहार गरेको हाम्रो ठहर छ ।’ ‘खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई सिन्डिकेटतर्फ उन्मुख गराउने यस कदमले निजी तथा सामुदायिक सञ्चार माध्यमलाई कमजोर बनाउँदै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने स्पष्ट संकेत दिएको छ,’ विज्ञप्तिमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...