सरकारी वकिल कार्यालयमा ‘बले’

April 5, 2026 at 10:15 AM

काठमाडौं– बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) लाई प्रहरीले आइतवार दिउँसो म्याद थपका लागि सरकारी वकिल कार्यालय काठमाडौंमा प्रस्तुत गरिएको छ । बलेविरुद्ध अमेरिकामा बस्दै आएकी युवती संगम विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । त्यही आरोपको आधारमा प्रहरीले बलेलाई शनिवार दिउँसो बुढानीलकण्ठबाट पक्राउ गरेको हो । यसैबीच, प्रहरीले बालेविरुद्ध अहिलेसम्म लिखित जाहेरी नपरेको बताएको छ । तस्विर सौजन्यः रातोपाटी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...