‘कोटी कोटी प्रणाम’ बनाउँदै लक्ष्मण

April 15, 2026 at 06:42 AM

काठमाडौं– निर्देशक लक्ष्मण सुवेदीले नयाँ वर्षको अवसर पारेर नयाँ फिल्म ‘कोटी कोटी प्रणाम’ घोषणा गरेका छन् । यसअघि नारी प्रधान फिल्म ‘सतीदेवी’ निर्माण गरेर चर्चामा आएका सञ्चारकर्मीसमेत रहेका सुवेदीले यसपटक फिल्मको टाइटल घोषणा गरेसंगै दर्शकमाझ यसको प्रकृति र विषयवस्तुबारे चासो बढेको छ । शीर्षक तथा पोस्टरले दिएको धार्मिक झल्को तथा घोषणाअघि नयाँ वर्षकै दिन सुवेदीद्वारा गरिएको पूजाआजा कार्यक्रमले धेरैलाई यो धार्मिक फिल्म हुनसक्ने अनुमान गराएको छ । नयाँ वर्षको अवसरमा फिल्म घोषणा गर्दै सुवेदीले काठमाडौंको गौरीघाटस्थित हनुमान मन्दिरमा विशेष पूजा, १०८ हनुमान चालीसा पाठ र हवन गरेका थिए । यसले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...