अन्तिम तयारीमा पाँचौँ ग्रामीण चलचित्र महोत्सव

April 16, 2026 at 10:25 AM

सर्लाही– सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा यही वैशाख १५ गतेदेखि आयोजना हुने पाँचौँ संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेँशी तथा रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा हुन लागेको हो । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...