‘राम नाम सत्य’ बाट निर्माताले कति कमाए ?

April 21, 2026 at 10:39 AM
1 min read

काठमाडौं- चैत्रको २७ गतेबाट रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । शनिबारसम्म विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ । यस्तै, यो फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो फिल्म २०० शोज सहित चल्दैछ । निर्माणपक्षले अमेरिकामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...