‘किताबबाट भाग्ने अधिकार हामीसँग थिएन, हामीले कथाको टाइम लाइनलाई पछ्याएका छौं’: निर्देशक सुनार

April 22, 2026 at 05:15 AM

काठमाडौं– यही वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परालको आगो’ ले मुख्यतया श्रीमान–श्रीमतीबीचको सम्बन्ध र सदियौँदेखि प्रचलनमा रहेका सामाजिक यथार्थ र समस्याहरूलाई साहित्यको डोरीले बाँध्दै एक सुन्दर रूप दर्शकमाझ पस्किँदै छ । काठमाडौंमा आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा कलाकार तथा मेकरले फिल्मले दिने सन्देश, अनुभूति तथा यसको निर्माण यात्राबारे विस्तारमा बताएका छन् । साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ बाट प्रेरित उक्त फिल्मलाई निर्देशक लक्ष्मण सुनारले आधुनिक कथा सन्दर्भसँग जोड्ने प्रयास गरेका छन् । मूल कथामा रहेको घरेलु हिंसाको विषयलाई फिल्ममा थप विस्तार गर्दै ‘चामे’ पात्रको सामाजिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...